सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत

+
-

दार्चुला – सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।

भारतको जौलजिविमा मंगलबार संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, वन्यजन्तुको अखेटोपहारको अवैध व्यापार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर बस्ने अपराधीका बारेमा सूचना आदानप्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदानप्रदान गर्ने सहमति भएको उनले जानकारी दिए ।

बैठक एसएसबी ५५ वटालियनको आयोजनामा भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जौलजिवीमा रहेको एसएसबी ५५ वटालियनले दार्चुलादेखि बैतडीसम्मको ८५ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा दिई रहेको भन्दै प्रहरी नायब उपरीक्षक शाहीले बैठकपछि सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

बैठकमा नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी नायब उपरीक्षक शाही, अनुसन्धान अधिकृत वीरेन्द्र कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक विकास थापा सहभागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट एसएसबी ५५ वटालियनका कमाण्डर आरसी घोस सहभागी थिए । रासस

 

सम्बन्धित समाचार…

‘नेपालको एक इन्च भूमि पनि मिच्न दिँदैनौँ’

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?