मनाङ र मुस्ताङमा एमाले, पूर्वी रुकुममा माअाेवादी विजयी 

+
-

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम गठबन्धन बलियो देखिएको छ। बाम गठबन्धनको मुख्य घटक एमालेले प्रतिनिधिसभामा दुई ठाउँ र प्रदेश सभामा दुई ठाउँमा जित हात पारेको छ।

एमालेले मनाङ र मुस्ताङका दुवै प्रतिनिधिसभा क्षेत्रमा जित हात पारेको छ भने मुस्ताङका दुवै प्रदेशसभा क्षेत्रमा पनि जित हात पारेको छ। मुस्ताङमा बाम गठबन्धनबाट एमालेका उमेद्वार प्रेम तुलाचन विजयी भए। उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका रोमी गौचनलाई हराए। मनाङमा प्रतिनिधिसभामा एमालेका पाल्देन छोपाङ गुरुङले पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २८९ मतले हराएका हुन्। पाल्देनले २ हजार ३ सय मत ल्याएका छन्।

प्रतिनिधि सभातर्फ माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट विजयी भएकी हुन्।

एमालेले प्रतिनिधिसभाका १८ र प्रदेश सभाका २२ सिटमा अग्रता लिइरहेको छ । यसैगरी बाम गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले प्रतिनिधिसभामा एक सिट जितेको छ भने १२ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले प्रदेश सभाका १९ क्षेत्रमा अग्रता लिएको छ। यसैगरी नेपाली कांग्रेसले प्रदेशसभातर्फ एक सिट जितेको छ। उसले प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ ७ स्थानमा अग्रता लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?