काठमाडौं – देशको पूर्वी र पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली भएको र दिनभरि नै त्यस क्षेत्रको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तराईका अधिकांश क्षेत्रमा अहिले हुस्सु लागेको छ । काठमाडौंमा बिहानदेखि गुहिरो लागेको तर यो केही घण्टा हटेर दिउँसो मौसम सफा रहने मौसमविद राजुप्रधानाङ्गले जानकारी दिए ।
तराईका क्षेत्रमा लागेको हुस्सु दिउँसो र केही ठाउँमा अपराहन्न तिर हट्ने उनले बताए । केही दिनदेखि न्युनतम तापक्रम बढ्न थालेकाले अब बिस्तारै जाडो कम हुँदै जान थालेको उनले बताएका छन् ।
काठमाडौं उपत्यकामा बुधबार बिहान न्युनतम ताक्रम ४.५ डिग्री मापन गरिएको छ । यो अघिल्ला दिनको तुलनामा केही बढी हो । पानी पार्ने प्रणाली नबनेकाले तत्काल पार्नी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।