काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।
अधिवक्ता डा. भण्डारीले अदालतको अपहेलना सम्बन्धी मुद्धामा डा. गोविन्द केसीको पक्षमा बहस गरेका थिए । प्रधानन्यायाधीश पराजुलीले गोविन्द केसीको पक्षमा किन लागेको भन्दै आफूलाई ज्यान मार्ने धम्की दिएको डा. भण्डारीले आरोप लगाएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै दिएको निवेदनमा डा. भण्डारीले पराजुली र उनका मान्छेबाट आफ्नो ज्यानमाथि नै खतरा रहेको उल्लेख गरेका छन् ।
आफूलाई केही भए पराजुली नै दोषी हुने उनको भनाई छ । यस्तै डा. भण्डारीले प्रहरीमा पनि उजुरी दिएका छन् । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा गएर दिने व्यक्तिको फोन नम्बरसहित उजुरी दिन भनेपछि डा. भण्डारीले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् ।
प्रहरी समक्ष उनले कल डिटेलसहित छानविन गर्न माग गरेका छन् । आफूलाई मंगलबार कार्यालयमै तीन चारजनाको व्यक्तिले धम्क्याएको तथा टेलिफोनबाट पनि धम्की दिएको उनको भनाई छ ।
सम्बन्धित समाचारहरु…
डा. केसीलाई छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने आदेश जस्ताको तस्तै
डा. केसीले एसपीलाई भने, भ्रष्ट प्रधानन्यायाधीशको आदेश मानेर मलाई समात्न आउनुभयो?