राष्ट्रपतिले गरिन् इटहरीमा श्रीकृष्ण प्रणामी मन्दिरको उद्घाटन

राष्ट्रपतिले गरिन् इटहरीमा श्रीकृष्ण प्रणामी मन्दिरको उद्घाटन
+
-

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन गरेकी छन्। मन्दिर उद्घाटनसँगै महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय मेला समेत सुरु भएको छ।

आइतबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्मिक महत्व बोकेको विराट क्षेत्रमा पूर्वाधारको विकासमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेकी थिइन्। मुलुककै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताएकी राष्ट्रपति भण्डारीले ऐतिहासिक पुरातात्विक महत्व बोकेको विराट क्षेत्रमा निर्मित सांस्कृतिक सम्पदाले यस क्षेत्रको गौरव बढाउन मद्दद पुगेको महसुस भएको बताइन्।

मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्र बुढीगंगा मुक्तिघाटसंग रहेको मन्दिरको उद्घाटनमा उनले पवित्र तपोभूमि रहेको क्षेत्रको विकासका लागि सम्बन्धित निकाय ध्यानाकर्षण गराएकी थिइन्।

त्यसैगरि कार्यक्रममा प्रदेश नम्बर एकका प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले धर्मले मनुष्य जीवनलाई अनुशासित र मर्यादित बनाउने बताए। प्रणामी धर्म हिन्दुहरुको एउटा अङ्गका रुपमा रहेकाले यसबाट सबै धर्मले प्रेरणा लिन सक्ने सुझाव उनले दिए।

करिब ७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिरको गजुरमा ३० तोला सुन जडान गरिएको छ। मन्दिर उद्घाटनसँगै अन्र्तराष्ट्रिय मेलामा २० हजार भन्दा बढिको संख्यामा धार्मिक पर्यटकको सहभागिता हुने अनुमान गरिएको छ।

सो क्रममा मेला आयोजक पक्षले धार्मिक पर्यटकका लागि आवासको व्यवस्था समेत मिलाएको छ। कार्यक्रममा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री लालबाबु राउत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिती रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?