जनक शिक्षाको दाबीः यस वर्ष सुदूरपश्चिममा पुस्तक अभाव हुँदैन

जनक शिक्षाको दाबीः यस वर्ष सुदूरपश्चिममा पुस्तक अभाव हुँदैन
+
-

धनगढी – यस वर्ष सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सबै सामुदायिक विद्यालयमा बैशाखको पहिलो साता भित्र पाठ्यपुस्तक पुग्ने दाबी गरिएको छ । जस अन्तर्गत अहिले सम्म चार जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको जनाइएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम शाखाका अनुसार अहिले सम्म बाजुरा, अछाम, बझाङ र दार्चुला गरि चार जिल्लामा पाठ्यपुस्तक पठाइसकिएको छ । शैक्षिक सत्र २०७६ का लागि सुदूरपश्चिम प्रदेशमा कक्षा ६ देखी १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक भित्रिएका सुदूरपश्चिम शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिए ।

नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अगाडि नै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका लागि आवश्यक पर्ने २२ लाख थान पुस्तक मध्य ८५ प्रतिशत पाठ्य पुस्तक भित्रिएको जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम शाखाले जनाएको थियो । शाखा प्रमुख बोहोराका अनुसार अहिले सम्म ९० प्रतिशत पाठ्यपुस्तक आइसकेका छन् ।

उनले केही दिनमै सबै पाठ्यपुस्तक पुग्ने र बाँकी रहेका अन्य जिल्लामा पनि वितरण गरिने बताए । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम कार्यालयले गत वर्ष सुदूरपश्चिमका ९ वटै जिल्लामा बिक्रि भएका पुस्तकलाई आधार मानेर शैक्षिक सत्र २०७६ का लागि पुस्तकको माग गरेको सामग्री केन्द्रका सुदूरपश्चिम प्रमुख बोहराले जानकारी दिए ।

‘यस अघि धनगढीमा गोदामको अभाव हुँदा पनि पुस्तक व्यवस्थापनमा समस्या हुँदै आएको थियो’ प्रमुख बोहराले भने–‘यस वर्ष हामीले थप गोदाम भाडामा लिएर सामुदायिक विद्यालयका लागि उपलब्ध पाठ्यपुस्तक थन्काएका छौँ, नयाँ शैक्षिक सत्र सुरु हुन अगाबै सबै विद्यालयमा पुस्तक पु¥याउने गरी काम भइरहेको छ ।’

विद्यार्थीको संख्या बढेर थप पाठ्यपुस्तक आवश्यक परेको खण्डमा पनि व्यवस्थापन गर्न कुनै समस्या नहुने उनले बताए । उनले भने–‘कक्षा १० को ईपिएस, कक्षा ६ को नैतिक शिक्षा, र केही थान कक्षा ९ र १० को सामाजिक शिक्षा आवश्यकता अनुसार आइपुगेको छैन, अन्य विषयका पुस्तक मागका आधारमा वितरण गर्न हामी तयार छौँ ।’

गत वर्ष सुदूरपश्चिम प्रदेशका लागि २३ लाख ७५ हजार थान पाठ्पुस्तक माग गरिएको भएपनि २२ लाख मात्रै वितरण भएका थिए । जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ६ देखी १० सम्मका पाठ्यपुस्तक प्रकाशित तथा वितरण गर्ने गर्दछ ।

‘विगतमा विविध कारणले समयमै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्दा प्रदेशका केही जिल्लामा पाठ्यपुस्तक अभाव हुने गरे पनि यस बर्ष भने त्यस्तो समस्या हुदैन’ क्षेत्रीय प्रमुख बोहराले भने–‘पहिलो पटक केन्द्रले कुनै पनि ठाउँबाट पाठ्यपुस्तक अभाव हुन नदिने योजना अनुसार काम गरिरहेको छ ।’ हरेक वर्ष समयमै पाठ्यपुस्तक नभित्रिदा पढाईमा समस्या आउने गरेका वेला यस बर्ष भने समयमै पुस्तक भित्रिने आसा पलाएको छ ।’

नयाँ शैक्षिक सत्रका लागि बाजुरामा ४ हजार थान, बझाङमा ४ हजार ५ सय थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । यसै गरी दार्चुलामा ४ हजार ५ सय, अछाममा ५ हजार ५ सय, बैतडीमा ५ हजार ५ सय थान पाठ्यपुस्तक आवश्यक पर्ने क्षेत्रीय प्रमुख वोहोराले बताए ।

डोटीका लागि ४ हजार थान, डडेलधुरामा ४ हजार, कञ्चनपुृरमा ९ हजार र कैलालीमा १८ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको क्षेत्रिय प्रमुख बोहराले बताए । सम्बन्धित जिल्लाका जिल्ला विकास शिक्षा समन्वय समिति मार्फत विद्यालयमा पुस्तक वितरण हुने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?