पब्जी बन्द गराउन किन अदालतसम्म पुग्यो प्रहरी?

पब्जी बन्द गराउन किन अदालतसम्म पुग्यो प्रहरी?
+
-

काठमाडौं- पछिल्लो केही साता महानगरीय प्रहरी अपराध महाशाखामा लगातार निवेदनहरु आइरहेका थिए- पब्जी बन्द गराइ दिनु पर्‍यो, केटाकेटी बिग्रिए भन्दै।

यसरी निवेदन दिनेमा निजी तथा आवाशीय विधालयको छाता संगठन-प्याब्सनदेखि नेपाल अभिभावक संघसम्म थिए। अभिभावकहरु पनि चिन्तित हुँदै प्रहरीकहाँ आउने गरेको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंह बताउँछन्। ‘छोराछोरी हिंस्रक बन्न थालेको धेरैको गुनासो थियो। केहीले आफूलाई छोराछोरीले मोबाइलले हानेको पनि सुनाए’, एसएसपी सिंह भन्छन्।

गुनासो बढेपछि महाशाखाले यस विषयमा अनुसन्धान थाल्यो। दुई जना मनोचिकित्सकसँग सल्लाह गर्‍यो। ‘ पब्जीले केटाकेटी हिंस्रक मानसिकताको बन्न सक्ने खतरा मनोचिकित्सकले औँल्याएपछि हामी अझ गम्भिर बन्नु आवश्यक ठान्यौँ’, सिंहले भन्यो।

बन्द गर्न अनुमतिका लागि महाशाखाले गत आईतबार जिल्ला अदालतमा निवेदन दिएको उनले बताए। अदालतले स्विकृती दिएपछि मंगलबार दुरसन्चार प्राधिकरणलाई पत्राचार गरिएको महाशाखाले जनाएको छ। ‘ आपराधिक घटना सृजना गर्ने भएकाले हामीले अदालतसँग अनुमती मागेका हौँ। अदालतको अनुमतीले हामीलाई सजिलो भयो’, एसएसपी सिंहले भने।

दूरसन्चार प्राधिकरणले पब्जी बन्द गर्न बिहिबार  इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?