राजपाले आन्दोलन गर्नुको औचित्य छैन-मन्त्री बास्कोटा

राजपाले आन्दोलन गर्नुको औचित्य छैन-मन्त्री बास्कोटा
+
-

जनकपुरधाम-सञ्‍चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजपाले बिना कुनै मुद्दाको आन्दोलन गर्नुको औचित्य नरहेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा बुधबार पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बाँस्कोटाले अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए।

प्रजातन्त्रमा जो कोहीलाई पनि आफ्नो मागलाई लिएर आन्दोलन गर्ने नैसर्गिक अधिकार रहेको बताउँदै मन्त्री बास्कोटाले वार्ताको माध्यमले समस्याको हल खोज्न आग्रह समेत गरेका छन्।

उनले भने‘राजपालाई आन्दोलन गर्ने नैसर्गिक अधिकार छ, तर उनीहरुले नन इस्युलाई इस्यु बनाएर आन्दोलन गरिरहेका छन्।’ उनले राजपाले अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन शुरु गर्नु गैर प्रजातान्त्रिक चरित्र रहेको आरोप लगाए।

उनले भने‘ अदालतको विषयलाई लिएर आन्दोलन नगर्नुस, कुनै समस्या छन् भने वार्ताको टेबलमा बसेर समाधान खोजौँ।’उनले सरकार कुनै पनि असन्तुष्ट पक्षको जायज माग पूरा गर्न तत्पर रहेको बताए।

यस्तै अर्को प्रसंगमा उनले नेपालको कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। सर्वोच्चले जारी गरेको अन्तरिम आदेश स्थायी आदेश नरहेको भन्दै उनले चाँडै नै नागरिकता सम्बन्धी समस्या समाधान हुने बताए। सरकार अब सुशासन तथा पारदर्शी समाज निर्माणमा केन्द्रित रहेको उनको भनाई थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?