
काठमाडौं- हरेक २ बर्ष ८ महिनामा एकपटक हुने खग्रास चन्द्रग्रहण साँझ ६ बजेर ३६ मिनेटमा सुरु भयो।
खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ। यो एक सय ५२ वर्षपछि दोहोरिएको छ। राजधानीको कलंकीबाट देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले चन्द्रग्रहणको तस्बिर खिचेका छन्। उनले करिब आठ बजेतिर यो तस्बिर खिचेका हुन्।
सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन्द्रमालाई ‘व्लु मुन’ भन्ने गरिन्छ।
चन्द्रग्रहण ९ बजेर ५३ मिनेट सम्म रहने छ।

काठमाडौंको कलंकीबाट देखिएको चन्द्रग्रहणको मल्टिपल एक्सपोजर। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्चार
सम्बन्धित समाचारहरु…
कहाँ कस्तो देखियो चन्द्र ग्रहण