
काठमाडौं- सर्वाधिक चर्चित सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा आईतबार अपरान्हदेखि समस्या देखापरेको छ।
साँझ ५ बजेपछि यी तीनवटै सामाजिक सन्जालहरुमा प्राविधिक समस्या देखिएको सुचनाहरु प्राप्त भईरहेका छन्। यसअघि पनि एक महिना पहिले यी तीनै सामाजिक सन्जालमा समस्या देखिएर केही समयलाई अवरुद्ध भएको थियो।
यद्यपी केही समयमै यी तीनवटै लोक्रप्रिय सामाजिक सन्जालहरु सुचारु भएका थिए।