आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली , तराईमा हुस्सु कम हुँदै

+
-

काठमाडौं – देशभरको मौसम बिहीबार सामान्यताया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रमा आंशिक बदली भएको र त्यस क्षेत्रको मौसम दिनभर नै त्यस्तै रहने मौसमविद वरुण पौडेलले जानकारी दिए । तर अरु ठाउँको मौसम भने सफा रहने छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि स्थानीय वायु भएकाले पानी पर्ने सम्भावना भने छैन । तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ, तर दिउँसो हुस्सु हटेर मौसम सफा रहने उनले बताए ।

गएको हप्ता पानी परेसँग बिहान बेलुका केही चिसो रहेको र अझै हप्ता १० दिन यस्तै रहने मौसमविदको भनाई छ । तर त्यसपछि भने बिस्तारै गर्मी बढ्दै जानेछ ।

बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गएकाले पनि बिहानमा केही समस्या भए पनि दिउँसोमा विमान उडानका लागि समस्या नहुने मौसमविद पौडेलले बताए ।

अहिले विराटनगरमा हुस्सुका कारण भिजिविलिटी केही कम देखिएको भए पनि दिउँसो सफा हुने उनले बताए । काठमाडौंमा पनि अहिले आन्तरिक उडानका लागि केही समस्या रहेको तर दिउँसो समस्या नहुने उनको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?