
देश सञ्चार
माघ १८, २०७४
अ
+
अ
अ
-
काठमाडौं – एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक केपी ओलीको निवास बालकोटमा बस्ने भएको छ ।
यसअघि सिंहदबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने गरी तय भएको बैठक ओली निवास बालकोटमा बस्ने भएको हो ।
विशेष कारण भन्दै बैठक बस्ने स्थान सारिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
बिहीबारको बैठकबाट पार्टी एकतका लागि सैद्धान्तिक र संगठनात्मक संरचना टुंग्याउन दुईवटा कार्यदल बनाउने तयारी छ ।

