हिलो र पानी छ्‍यापेर जनकपुरमा मनाइयो ‘जुडशितल’

हिलो र पानी छ्‍यापेर जनकपुरमा मनाइयो ‘जुडशितल’
+
-

जनकपुरधाम- वैशाखको दोस्रो दिन आज घरको ज्येष्ठ व्यक्ति तथा अग्रजको हातबाट टाउकोमा पानी छर्केर जुडशीतल मनाइएको छ । श्रेष्ठको हातबाट टाउँकोमा पानी राख्नाले वर्षभरी नै शीतलता प्राप्त हुने विश्वास छ।

जुडशितलमा वटवृक्ष, फलफुल र बाटोमा पनि पानी छ्याप्ने गरिन्छ। तामा वा पित्तलको भाँडोमा बासी पानी राखेर वैशाख २ गते बासी भात, करी, बरी, सख्खर लगायतका सामग्री घरको मूल ढोकामा चढाएर सोमबार साँझ चुलोलाई विश्राम दिइएको छ।

शितलता प्रदान गर्ने उदेशयले वैशाख २ का दिन चुलोलाई विश्राम दिदैं उक्त दिन वासी खाना खाने परम्परा रहेकोले आज सााझ खाना पकाइदैन।

यस्तै, सोमबार बासी पानीलाई पशुधन, रुख, खेत, विभिन्‍न अन्‍नबाली, भकारी सबैतिर छर्केर जूडशीतल मनाइएको छ।

वैशाख २ को लागि अनिवार्य रुपमा दहीवडी( दही र वेसन बाट बनाईएको परिकार), मुनगा(सजिना)को तरकारी, काँचो आपको आचार बनाएर एकदिन पहिले नै साँझमा राखिने गन्छि भने भोलीपल्ट त्यही खाना खाने गरिन्छ।

यस्तै, २ गते वैशाखमा मिथिलाञ्चलमा एकअर्कामाथि माटोको हिलो समेत छ्यापिएको छ। जनकपुर सोमबार विभिन्न समाजका अगुवाहरु त्था स्थानीयहरुले एकअर्कामाथी हिलो छ्यापेर जुडशितल मनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?