६७ लाख खर्चेर २१ ठाउँमा भलिबल र व्याटमिन्टन कोर्ट बनाउँदै पाेखरा महानगर

६७ लाख खर्चेर २१ ठाउँमा भलिबल र व्याटमिन्टन कोर्ट बनाउँदै पाेखरा महानगर
+
-

पोखरा– पोखरा महानगरपालिकाले ६७ लाख रुपैयाँ खर्चेर २१ स्थानमा भलिबल र व्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ। महानगरले १४ स्थानमा भलिबल कोर्ट र सात स्थानमा व्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बसेको खेलकुद पूर्वाधार निर्माण सम्बन्धी बैठकले उक्त निर्णय गरेको हो। प्राविधिक रुपले उपयुक्त देखिएका ठाउँमा खेलकुद पूर्वाधार निर्माण गर्ने निर्णय बैठकले गरेको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

निर्णय अनुसार वडा नम्बर ५ को बाराही मावि, वडा नम्बर १३ को धुवाँखोला, १७ को छोरेपाटन, महतगौंडा, वडा नम्बर १९ को तिलबारी, रैकर, वडा नम्बर २० को नवोदय युवा क्लब, वडा नम्बर २१ को मैदानडाँडा पोखरीमा भलिबल कोर्ट निर्माण गरिने छ।

त्यसैगरी वडा नम्बर २२ को ठूलीवेणी, वडा नम्बर २४ को देउराली, वडा नम्बर २८ माझठाना, कालिकावेसी, वडा नम्बर ३१ को बेगनासड्याम, वडा नम्बर ३३ सुर्ताने खेल मैदानमा भलिबल कोर्ट निर्माण गरिने छ।

वडा नम्बर ३ को कोपिलाढुंगा, वडा नम्बर १३ को तिलहारको पाखा, वडा नम्बर १८ को सतानेश्वर मार्ग, वडा नम्बर २४ को धुपीचौर मौला, वडा नम्बर २५ को जैसीचौर, वडा नम्बर २६ को अर्घौबजार र वडा नम्बर ३० को खुदीमा ब्याटमिन्टन कोर्ट निर्माण गरिने सुवेदीले जानकारी दिए।

२१ स्थानमा भलिबल र व्याटमिन्टन कोर्ट निर्माणको लागि महानगरले ६७ लाख १३ हजार रकम विनियोजन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?