पत्रकार पक्राउ प्रकरण

पोखराका पत्रिकामा कालो पोत्‍ने, टेलिभिजन र रेडियोले प्रसारण रोक्ने

पोखराका पत्रिकामा कालो पोत्‍ने, टेलिभिजन र रेडियोले प्रसारण रोक्ने
+
-

पोखरा-पत्रकार अर्जुन गिरी विरुद्ध लगाइएको साइबर अपराध मुद्दाको विरोध गर्दै पोखराबाट प्रकाशित/प्रसारण हुने पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनहरुले बुधबार विरोध जनाउने भएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीले जारी गरेको पत्रमा पत्रिकाको सम्पादकीय कोलमा कालोपोत्ने, टेलिभिजन र रेडियोले बिहान ६ बजे ९० सेकेण्ड प्रसारण रोक्ने, अनलाइनमा कालो ब्यानर पप्अप/स्किप एड प्रकृतिको राख्न अनुरोध गरिएको छ।

महासंघ कास्की अध्यक्षले पत्र जारी गर्दै ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरीले समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा बढाइनु आपत्ति भएको जनाए। मंगलबार पत्रकार गिरीको रिहाइको माग गर्दै पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्की अगाडि धर्ना दिएका छन्।

साइबर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की सम्बद्ध पत्रकारहरुले धर्ना दिएका हुन्।

दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानूनी भएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।

‘पत्रकारहरुलाई नियमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलको त्रुटीले पत्रकारलाई फसाएको छ,’ उनले भने, ‘काउन्सिलले आफ्नो गल्ति सच्याउँदै सिआइबीलाई पत्र पठाइसकेको भएपनि अनेक प्रक्रिया देखाएर म्याद थप गरी हिरासतमा लिनु निन्दनीय हो।’

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो। बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी जाहेरीमा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ।

बतासले पोखराका व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ।जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित द्वयको जाहेरीको आधारमा सोमबार बतास विरुद्ध ठगी मुद्दा दर्ता गराएको छ।

‘बतासलाई पक्राउ पुर्जी जारी गर्न सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा फाइल अघि बढाएका छौं। आदेश आउनासाथ पक्राउ गर्छौ,’ प्रहरी प्रमुख एवं एसपी ओम रानाले भने।

त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए।

पत्रकार गिरीलाई निशर्त रिहाईका लागि केन्द्रीय महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम थाल्ने तयारी रहेको केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए। दर्ता भएको अनलाइनलाई दर्ता छैन भनेर गलत सूचना दिने प्रेस काउन्सिलका कर्मचारीलाई समेत कारवाहीको माग गरिएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?