अख्तियारमा उजुरी पछि सामाजिक विकास मन्त्रालयको टेण्डर रद्द

अख्तियारमा उजुरी पछि सामाजिक विकास मन्त्रालयको टेण्डर रद्द
+
-

धनगढी-औषधि खरिदको टेण्डरमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एउटा टेण्डर रद्द गर्दै पुनः सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

यहि चैत १९ गते खोलिएको टेण्डर अनुसार आइएमएनसिआईका लागि खोलिएको टेण्डर रद्द गर्दै नयाँ सूचना निकाल्ने निर्णय भएको हो।

मन्त्रालयले मंगलबार मात्रै नया सूचना निकाल्ने निर्णय गरेको छ।

यस अघि निकालेको आशय पत्रको गोप्य सूचना थाहा पाएका ब्यवसायीहरुले मन्त्रालयमा पुनर्बिचारका लागि र अनियमितता भएको भन्दै अख्तियारमा संगै उजुरी गरेका थिए।

व्‍यवसायीहरुको उजुरीका कारण मन्त्रालयले सो शिर्षकको टेण्डर रद्द गर्दै नयाँ सूचना निकाल्ने निर्णय गरेको हो।

६७ लाखमा औषधि उपलब्ध गराउने गरी टेण्डर हालेको तिवारी मेडिसिनलाई टेण्डर नपारी १ करोड १६ लाखमा टेण्डर हाल्ने डि.बी.मेडिसिनलाई पारिएको थियो।

अक्सिजन प्लान्ट र अस्पतालमा आवश्यक उपकरणमा पनि महङ्गो मुल्यमा टेण्डर हाल्नेले पाएका छन् । यी दुबै टेण्डर भने रद्द गरिएका छैनन् । बयवसायीहरुले यो पनि रद्द गर्न माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?