पत्रकारले कलम चलाए ओली सरकार घुँडा टेक्न बाध्य हुन्छ: देउवा

पत्रकारले कलम चलाए ओली सरकार घुँडा टेक्न बाध्य हुन्छ:  देउवा
+
-

धनगढी-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले कलम चलाए ओली सरकार संकटमा पर्न सक्ने बताएका छन्।

पत्रकार पक्राउको विरोधमा पत्रकार महासंघले देशव्यापी आन्दोलन घोषणा गरेकै दिन सभापति देउवाले धनगढीबाट सरकारबारे कडा टिप्पणी गरेका हुन्।

बुधबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेपाल मगर संघको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘ढुङ्गा, गुलेली र लौरोको भन्दा कलममा धेरै गुणा ताकत हुन्छ, यसमा सरकार प्रष्ट भए हुन्छ साँच्चिकै पत्रकारले कलम चलाए सरकार घुडा टेक्न बाध्य हुन्छ ।’

देउवाले थपे–‘प्रेसमाथिको आक्रमण लोकतन्त्र माथिको आक्रमण हो, नेपाली कांग्रेस प्रेसमाथिको आक्रमण सहन्न।’ उनले अहिले पत्रकारमाथि भईरहेको ज्यादती लोकतन्त्रमाथिको प्रहार रहेको समेत बताए। सभापति देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताए।

उनले भने,‘ओली सरकार शान्ति सुरक्षा, सुशासन जस्ता कुरामा असफल भएको छ।’ कञ्चनपुरकी निर्मला पन्त हत्याको प्रसङ्ग उल्लेख गर्दै सभापति देउवाले भने, ‘ओली सरकारले बलात्कारीलाई बचाउने काम गरेको छ, यस्तो सरकारबाट जनताले के अपेक्षा गर्छन?’

देउवाले ओली सरकारले एक वर्षमा भ्रष्टाचार र कर बढाएको आरोप लगाए। सभापति देउवाले नेपालको जनसंख्याको सात प्रतिशत भन्दा बढी जनसंख्या मगरको रहेकाले पार्टीको आगामी महाअधिवेशनमा मगर प्रतिनिधित्व सुनिश्चित गर्ने आश्वासन समेत दिए। उनले नेपालका हरेक आन्दोलनमा मगर समुदायको ठुलो योगदान रहेको समेत चर्चा गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राखेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद र रमेश लेखकले पनि वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउँदै जनतालाई सुसूचित गर्न कांग्रेसले चाँडै जनजागरण अभियान शुरु गर्न लागेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?