
दमौली– तनहुँको भिमाद नगरपालिका परिसरमा शुक्रबार बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ। अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो।
इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिए। रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन। नेत्रविक्रम चन्द समूहले आतङ्कित पार्न बम राखेको अनुमान गरिएको छ।
यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो। ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।