एजेन्सी-पंखाको हिसाबले विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो पटक उडान भरेको छ।
स्ट्रेटोलन्च नामक कम्पनीले बनाएको उक्त विमानले अमेरिकाबाट उडान भरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन्।
उक्त विमान सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह-संस्थापक पल एलनले सन् २०११मा बनाएका थिए।
उक्त विमानलाई खासमा स्याटालाइट पठाउँदा अवलोकन गर्नको लागि बनाइएको हो। यसको मुख्य उद्देश्य अन्तरिक्षमा सयाटालाइट ५ाड्नु अगाडि १० किलोमिटरसम्म उड्नु हो।
यो विमानको पंखा करीब ३८५ फुट लामो रहेको छ जुन अमेरिकाको कुनै एउटा फुटबल मैदान आकारमा जति फराकिलो छ।
यदि यो परियोजना सफल भएमा अन्तरिक्षमा कुनै पनि चीज पठाउनु परेमा रकेटभन्दा यो प्लेन बढी उपयुक्त मानिनेछ।
यो विमानमा दुइ एयरक्राफ्ट बडी छ जुन आपसमा जोडिएका छन् भने यसमा ६ वटा इन्जिन रहेको छ।
यो विमानले आफ्नो पहिलो उडानमा १५ हजार फूटको उचाइसम्म गएको बताइएको छ भने यसको अधिकतम गति १७० माइल प्रतिघण्टा रहेको छ।
विमान उडाउने पाइलट इवन थोमसले पत्रकारसँग भनेका छन्, ‘अद्भूत रह्यो यात्रा। जस्तो सोचिएको थियो विमान त्यही तरिकाले उड्यो।’
स्ट्रेटोलान्चको वेबसाइट अनुसार जसरी आज व्यावसायिक उडान गर्नु सामान्य हो, त्यही तरिकाले अन्तरिक्षको कक्षमा जानु पनि सामान्य बनाउने उद्देश्य हो।
बेलायत अर्बपति रिचर्ड ब्रेसनको कम्पनी भर्जिन गेलेक्टिकले समेत यस्तो प्रकारको विमानले अन्तरिक्षको कक्षमा जान निक्कै उपयोगी र रकेटभन्दा भर्पर्दो र लाभदायक हुने प्रतिक्रिया दिएका छन्।
यस्तै स्ट्रेटोलान्च आफ्नो यो विमानलाई विश्वकै सबैभन्दा ठूलो विमान भनेर दाबी गरेका छन्।