मोरङका बाकस खुले, सुनसरीमा केहीबेरमा

मोरङका बाकस खुले, सुनसरीमा केहीबेरमा
+
-

विराटनगर- मोरङ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। मतगणना राजनीतिक दलहरुको बैठकपछि ११ बजे सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय मोरङले जनाएको हो ।

पहिलो चरणमा प्रतिनिधिसभा सदस्यको मत गणना हुने सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो। सहायक अधिकृत दुलालका अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्यको नतिजा तीन दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६१ जना प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभाको नतिजापछि प्रदेशसभा सदस्य र त्यसपछिमात्र समानुपातिकतर्फको मतगणना हुने सहायक मुख्य निर्वाचन अधिकृत दुलालले जानकारी दिनुभयो। प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका १ सय ८ जना प्रतिस्पर्धा गरिरहेका छन् ।

कडा सुरक्षा व्यवस्थाबीच स्थानीय आर्दश माध्यामिक विद्यालयमा गणना कार्य जारी छ। निर्वाचन अधिकृत, सहायक मतगणना अधिकारी, मतगणना सहायक, गणक तीन र सहयोगी कर्मचारी गरी सात जना गणनामा छन् भने दलका तर्फबाट १० जना प्रतिनिधि गणनाको समयमा रहनेछन् ।

सुनसरी जिल्लामा पनि ४ वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ। १ र ४ नम्बर क्षेत्रको गणना इनरुवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। क्षेत्र नम्बर ३ र २ को गणना इनरुवास्थित जिल्ला समन्वय समितिमा हुनेछ। क्षेत्र नम्बर तीनको गणनाका लागि सानो स्थान भएको र सुरक्षा कडा बनाउने बामगठबन्धनकी उम्मेद्वार भगवती चौधरीले माग गरेकी थिइन् । सुनसरीमा ६९ दशमलव ५६ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?