
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी समायोजन गरेको छ।
नेपाल आयल निगमले (आज) बिहिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको छ। समायोजन पछि प्रति लिटर पेट्रोलको एक सय ४ रुपैयाँ , डिजेल र मट्टितेलको ८३ रुपैयाँ कायम भएको छ।
यसैगरी आयल निगमले हवाई इन्धनको मूल्य पनि पाचँ रुपैयाँले बढाएको छ। समायोजन पछि हवाई इन्धनको प्रति लिटर ९५ रुपैयाँ कायम भएको छ।
सम्बन्धित समाचार…
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि महंगो भयो पेट्रोलियम पदार्थ