विवाहको जिप दुर्घटना, एकको मृत्यु

विवाहको जिप दुर्घटना, एकको मृत्यु
+
-

धनगढी-बझाङको खप्तड छान्‍ना गाउँपालिकामा विवाहको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाकै लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो।

आइतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ वर्षीया बासुदेव जोशीको घटनास्थलमा मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन्। घाईते हुनेहरुमा चेतराज जोशी , गोकर्ण जोशी , नरेश प्रसाद जोशी , डम्मर प्रसाद जोशी, देबराज जोशी , सुकदेव जोशी र गाडी चालक जयराज जोशी रहेको प्रहरीले जनाएको छ।

चेतराज जोशीको गम्भीर चोट लागेको भए पनि अन्यको अबस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा उपचार भईरहेको मृतकका आफन्त ईश्वर प्रसाद जोशीले बताए।

नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

तमैलवाट छान्ना हुदै अहिले सेती लोकमार्ग अन्तरगतको सडकमा जिपहरु चन्ने गर्दछन्। मृतक जोशीलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईको छ । विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?