पोखरा प्रवेश नाका धरापमा

विजयपुरमा विकल्प ‘बेलिब्रिज’, बर्खा अघि कति सम्भव?

विजयपुरमा विकल्प ‘बेलिब्रिज’, बर्खा अघि कति सम्भव?
+
-

पोखरा– पोखरा प्रवेशको मुख्य नाका विजयपुरमा बनेको पुल एक दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राखिने भएको छ।

बर्खा अगावै बेलिब्रिज राख्न सडक डिभिजन कार्यालय पोखराले तयारी गरेको हो। ‘२ लेनमा ५० मिटर लम्बाईको बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाएका छौँ,’ डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने, ‘फास्ट ट्र्याकबाट बोलपत्र आह्वान गरी चाँडै काम सक्ने किसिमले बेलिब्रिज राख्ने छौँ।’

इटहरीमा प्रयोगविहीन रहेको बेलिब्रिजको सामग्री यहाँ ल्याउन लागिएको हो। सडक विभाग अन्तर्गतकै आयोजनामा थन्किएको बेलिब्रिजको सामग्री प्रयोगमा ल्याइने हुँदा विजयपुरमा फिटिङका लागि लामो समय नलाग्ने अनुमान छ।

१ सय टन क्षमताको बेलिब्रिज हाल भइरहेको स्टिल ब्रिज पुलको केही मिटर माथिपट्टि भागमा राखिने छ।

बेलिब्रिज स्थायी भने होइन। नेपालमा धेरै ठाउँमा प्रयोगमा ल्याइएका बेलिब्रिजमा केही वर्षमा नै स्टिल पाता उप्किएर समस्या आउने गरेको छ।  स्थलगत निरीक्षण पश्चात्त बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए। ‘अस्थायी रुपमा भएपनि बेलिब्रिज तत्कालको आवश्यकता भएकोले ठूला मालवाहक सवारी आउजाउमा सहज हुनेछ,’ उनले भने।

२२ दिनको म्यादसहित बोलपत्र सूचना जारी गरेर बेलिब्रिज राख्न सडक विभागले आन्तरिक तयारी थालेको हो। पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने प्रमुख नाका विजयपुर जीर्ण हुँदा १० टन भन्दा बढी भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ।

योग्य ठेकेदार कम्पनी छनोट गरेर काम थाल्न सके बर्खा अघि विजयपुरमा बेलिब्रिज राख्न सम्भव भएको विज्ञको राय छ।

अध्ययन टोलीले बुझाएन प्रतिवेदन

सञ्चालनमा आएको ११ वर्षमै ११ ठाउँबाट विजयपुर पुल भाँच्चिएपछि पुलचोक इन्जियरिङ क्याम्पसबाट एक टोली अध्ययनका लागि भन्दै पोखरा आइपुग्यो। क्याम्पसका सिभिल विभाग प्रमुख डा. भरत मण्डलको टोलीले त्यसै साता पुलको अध्ययन अवलोकन गरेर काठमाडौं फक्र्यो फर्क्याे। पुलको क्षति के–कति भएको छ भन्ने विषयमा टोलीले लेन्स प्रयोग गरेर अध्ययन गरेको सडक विभागको भनाई छ।

स्टिल ब्रिज भएकाले स्टिल अल्ट्रासाउन्ड मेसिन प्रयोग हुनुपर्नेमा उक्त मेसिन नेपालमा उपलब्ध नहुँदा क्रेनको सहायताले लेन्सबाट टोलीले सुक्ष्म अध्ययन गरेको हो।

विस्तृत अध्ययन पश्चात पुलको मर्मत सम्भव छ वा छैन भन्ने विषयमा सडक विभागलाई १ महिना भित्रमा प्रतिवेदन बुझाउने भनिएको थियो। तर उक्त टोलीले सडकलाई औपचारिक जानकारी दिएको छैन। ‘१ महिना भित्रमा टोलीले प्रतिवेदन बुझाउने त भनेको हो,’ डिभिजन प्रमुख पोखरेल भन्छन्, ‘सायद जेठको दोस्रो सातासम्म आउँन सक्छ कि?’

पुलको ११ ठाउँबाट बटम कड भाँच्चिएको भए पनि २३ ठाउँमा स्टिल पाता गाँसेर मर्मत गरिएको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए। जोखिम कम गर्न स्टिल क्रसचेम्बर थपेर समेत मको र्मत गरिएछ। सोही पुललाई थप मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्छ वा सकिँदैन भन्ने कुरो प्रतिवेदन आएपछि मात्रै पत्तो पाइने पोखरेल बताउँछन्।

प्रतिवेदनले मर्मत सम्भव हुने सुझाए पनि शून्य भार बनाएर मर्मत गर्नुपर्ने हुँदा विकल्पमा बेलिब्रिज आवश्यक भएको उनले जानकारी दिए। प्रतिवेदनले मर्मत सम्भव नहुने सुझाएमा पुल भत्काउनुपर्ने हुन्छ।

उक्त पुल ३ करोड ७० लाख ७६ हजार रुपैयाँ लागतमा बिटी, इलाइट, बिपी र एड्भेन्चर कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी) ले बनाएको थियो।
सडक विभागले इस्टिमेट गरेको ७ करोड ४७ लाख ६९ हजार रुपैयाँ लागतभन्दा झण्डै ५० प्रतिशत कम लागतमा कम्पनीले पुल निर्माणको ठेक्का लिएको थियो।

२०६० जेठ १५ मा २ वर्षभित्र पुल निर्माण सक्ने सम्झौता गरिएको थियो। तर ३ वर्ष म्याद थपेर २०६५ जेठबाट सञ्चालन आएको थियो। ट्राफिक प्रहरीका अनुसार विजयपुर पुल हुँदै दैनिक ६ हजार बढी सवारी आउजाउ गर्छन्।

पोखरा प्रवेश गर्ने अर्को महत्वपूर्ण मार्ग सिद्धार्थ राजमार्गस्थित कालीगण्डकी नदीमाथिको राम्दी पुलको अवस्था ५ वर्ष यता जीर्ण छ।
स्याङ्जा र पाल्पाको सीमानामा पर्ने उक्त पुल धरापजस्तो बन्दा मालवाहक सवारीलाई सहज आवागमनमा बाधा छ। त्यसको प्रत्यक्ष असर पोखरालाई परिरहेको छ।

१० टनभन्दा माथिका सवारीलाई निषेध गरिएको छ। त्यसको ठूलो प्रभाव स्याङ्जालाई परेको त्यहाँका नागरिकको गुनासो छ। राम्दी पुलको उचित विकल्पको रुपमा सरकारबाट कुनै काम भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?