
काठमाडौं- नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका सातै प्रदेशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो।
वैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा, जेष्ठ १० र ११ गते बुटवल र जेष्ठ १७ र १८ गते नारायणगढमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ।
मेलमा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि र ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुने छ। मेलाका उत्कृस्ट स्टार्टअप र प्रडक्टलाइ बिसेष पुरस्कार तथा थप लगानीको आबश्यक भएमा सहयोग गरिने बताइएको छ।
स्थानिय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्धन र सम्मान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए। काठमाण्डौ बाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानिय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए।
मेलामा बढीमा ५० स्टलहरु रहनेछन भने छुट्टै हलमा वकर्सप कन्फ्रेन्स सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन बुकिङ डट आइटी अवार्ड डट ओआरजी मा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ। स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ भने प्रवेश नि:शुल्क राखिएको छ।
कन्फ्रेन्समा सहभागि हुन केही रकम बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ। यस वर्षको आइसिटी अवार्डको अनलाइन नोमिनेशन जेठ १ गतेदेखि २५ गतेसम्म खुल्ने जानकारी जानकारी दिएको छ।
चौथो संस्करणको रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा यस पटक विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । अवार्डको ग्राण्ड फिनाले साउन ३२ गते काठमाण्डौमा हुनेछ।