
धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नं ७ हरैया चोकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्।
सोमवार दिउसो पश्चिमवाट पुर्वतर्फ जादै गरेको से १ च १६९० नं को जीपले विपरीत दिशाबाट आइरहेको से ६ प ८०५२ नं को मोटसाईललाई ठक्कर दिई पुन सोहि दिशा तर्फ गईरहेको अर्को साइकललाई ठक्कर दिदा साइकल चलाइरहेका २० वर्षीय दिपेन्द्र चोखालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
साइकलमा सवार ९ बर्षीय अबिनाश चौधरी, जिप चालक र मोटरसाईकल चालक समान्य घाइते भएका छन्।
दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले अहिले पुर्व पश्चिम राजमार्ग बन्द गरेका छन्। बिच सडकमा टायर बालेर स्थानीयहरुले २ घण्टादेखी चक्का जाम गरिरहेका छन्।