बदलिएका कृष्ण

परदेशमा बटुलेको अठोट

परदेशमा बटुलेको अठोट
+
-

काठमाडौँ – रुकुममा जन्मिएका कृष्ण गौतम टुकुटुक स्कुल जाने बेला पोलियोले सिकार भए। स्वास्थ्य उपचारको पहुँच भन्दा टाढा थियो उनको गाउँ।

धामी-झाँक्रीसहित कयौँ दिन बाजा बज्यो उनका लागि धेरैपल्ट। तर रोग विसको उन्नाइस भएन। घरको जेठो छोरा कृष्णको अवस्था एकाएक नाजुक बनेपछि पिरोलिएका आमाबुवाले जिल्ला नै त्यागे।

बाँकेस्थित कोहोलपुर झरे, सम्पतीको नाममा रहेको एक हल गोरुसँगै। कृष्णलाई बोकेर भारतको लखनउ सम्म पुगे उनीहरु। तर पोलियो हार्न मानेन ।
ऋण मात्रै थपियो, बाँच्नु त थियो नै ।

बन फडानी गररे बास बस्ने थलो बनाए। आफन्तको सल्लाहमा पाँच किलोमिटर पर स्कूलमा कृष्ण भर्ना भएपछि उनीहरुको खुशी केही हदसम्म फर्कियो। आमाले बोकेर पुर्‍याउने अनि बुवाले बोकेर ल्याउने दैनिकी बन्यो।

सकैले दान गरेको चार पांग्रे साइकल चलाउन थालेपछि कृष्णमा आत्मविश्वास बढ्यो। बुवाआमाको कष्ट कम भयो। आफू त्यो अवस्थामा हुँदा पनि आमा बुवाको पीडाप्रति उनी संवेदनशील थिए। मेहनत गरे।तर ढिलो स्कुल भर्ना भएका उनले मेहनत गरे।

एनले उत्कृष्ट नम्बर ल्याएर एसएलसी पास गरे उनको चाहना अनुसार विज्ञान विषय पढ्न पाएनन्, अपांगताका कारण देखाउँदै पन्छाइयो।

‘म निकै अध्ययन गर्थे, अपांगता भएको मान्छे हुँ भन्ने अनुभव हुन्थेन। तर राम्रो नम्बर ल्याउँदा पनि त अपांग छस् भन्दै मलाई विज्ञान पढ्न बाट रोकियो। मलाई थप पीडा भयो’, उनले विगत सम्झिए।

त्यही पीडाले कृष्णको जीवनको बाटो बदलियो। विज्ञान अध्ययन गर्नबाट बञ्चित भएपछि अंग्रेजी मुख्य विषय लिएर अध्ययन गर्न थाले उनी र आफू जस्तैको जीवन बदल्ने अठोट पनि गरे ।

अपांगताको क्षेत्रमा काम गर्न संभवत पहिलो पटक २०५५ सालमा नवजीवन केन्द्रको स्थापना गरे उनले बाँकेमा। र, अपांगता भएकाको अधिकारका लागि उनीहरु प्रतिको विभेदविरुद्ध आन्दोलन सुरु भयो उनको।

त्यो संस्थाले उनलाई परिपक्क बनायो नै उनी जस्तै अरुको जीवन परिवर्तनमा पनि भूमिका खेल्यो। निराशा भरिएकाहरुको जीवनमा उर्जा भर्न आफ्नो जीवन रुपान्तरणको कथा सुनाउने गर्थे कृष्ण।

कामकै सिलसिलामा जापानमा हुने तालिमका लागि एउटा ‘फर्म’ भरे। १६ सय रुपैयाँ खर्च गरेर । उनी छानिए।

२०६० सालमा आफू नेतृत्वको संस्था अरुलाई सुम्पिएर करिब एक वर्षको स्वावलम्बी जीवन पद्धती तालिमका लागि उनी जापान गए। आफू जस्ता अपांगता भएका व्यक्ति नेपालमा मात्रै छन् र राज्यले उनीहरुलाई हेलाँको दृष्टीकोणबाट हेर्छ भन्ने ठम्याइमा रहेका उनले जापानमा अनौठो दृश्य देखे।

उनलाई स्वागत गर्न उनी भन्दा पनि अति र पूर्ण अशक्त अपांगता भएकाहरु बसिरहेको दृश्यले उनको आँखाबाट आँसू झर्यो । त्योसँगै उनले आफूमा शक्ति भरिएको महशुस गरे। अपांगता भएका व्यक्तिको जीवन सहज बनाउन जापान सरकारले प्रदान गर्दै आएको सेवालाई लिएर उनी अचमित भए।

नेपालमा घरभित्रै मृत्युको सामना गर्न बाध्य छन् । कतिपय अपांगता भएका व्यक्तिहरुमा। तर, जापानमा त्यस्तै व्यक्तिहरु ससम्मान तथा सहजरुपमा जीवन बिताई रहेका थिए।

अपांगता भएका व्यक्तिलाई कसरी स्वावलम्बन बनाउन सकिन्छ भन्ने सिके । र फर्केपछि त्यही पथमा अगाडि बढ्ने अठोट गर्दै नेपाल फर्किए । नेपालमा चाहेको काम सहजै र छिटै गर्ने वातावरण छैन भन्ने उनले बुझेका थिए तर पनि हार खाएनन् ।

२०६२–६३ को आन्दोलनका क्रममा भोजराज श्रेष्ठको समूहसँग भेट भयो। भोजरालाई कृष्णको अवधारणमा सहमत हुन ६ महिना लाग्यो । अन्ततः जन्मियो काठमाडौँ इन्डिपेन्डट् लिभिङ सेन्टर। पछि ललितपुरमा पनि त्यही सेवा बिस्तार गर्न सफल भए उनीहरुले ।

कृष्ण खासगरि अहिले उक्त केन्द्रमा योजना र कार्यक्रम बनाउने र प्रशासनिक कामको जिम्मेवारीमा छन्। भोजराज र लक्ष्मीको छुट्टाछुट्टै भए झै। कृष्णको एउटै उद्देश्य छ, ‘जसरी हुन्छ घरभित्र सुतिरहेका अपांगता भएका व्यक्तिलाई बाहिर ल्याउने अर्थात उनीहरुलाई आफ्नो काम आफै गर्न सिकाई स्वावलम्बी गराउने। कृष्ण भन्छन, ‘अपांगता केही हैन रहेछ मात्र समाजले लगाएको ट्याग र एउटा मानसिकता।’

कृष्ण यही अभियानका कारण धेरैका लागि रोलमोडल बनेका छन्। उत्सवपूर्ण जीवनका लागि अपांगता अवरोध होइन भन्ने सोच स्थापित गराउनेतर्फ उनी केन्द्रित छन्।

उनले आफ्नो स्कूले जीवन सम्झिदै भने, ‘अपांगता भन्ने वित्तिकै हामी र हाम्रा संभाव्यतालाई सीमित गराउने कोसिश हुन्छ तर मैले इखका साथ त्यसको सामना गरे। अपांगतालाई जहिले पनि पराश्रयी या परनिर्भतातर्फ धक्लने प्रयास हुन्छ। तर हामी भने त्यसको विपरित दिशामा अघि बढ्ने अठोटमा छौँ ।’

तर अपांगता भएका मानिससँग पनि सामान्य मानिस जस्तै समान र मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चित हुनुपर्छ त्यसका लागि लडाई जारी राख्न चाहन्छन् कृष्ण ।

सबै तस्बिर : रविन आचार्य/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?