
काठमाडौं- आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने महिला सहकर्मीसँग नाट्यकर्मी राजन खतिवडाले माफी मागेका छन्। यौन दुर्व्यवहार गर्ने आफ्नो मनशाय नभए पनि ती सहकर्मीले दुर्व्यवहार महसुस गरेकोप्रति आफूले माफ मागेको खतिवडाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
नाटकघरमा हुने यौन दुर्व्यवहारलाई लिएर दुई साताअघि शुक्रबार साप्ताहिकले प्रकाशित गरेको सामग्रीमा दुर्व्यवहार गर्ने नाट्यकर्मीको सूचीमा खतिवडा, सुनिल पोखरेललगायतको नाम उल्लेख थियो।
खतिवडाले भनेका छन्- पुरुष भएका कारण अनि शक्तिमा रहँदाको स्थितिमा आफूबाट भएको व्यवहार र अरुलाई असर परेको ख्याल नगरेकामा खेद छ मलाई। महिलाहरुलाई हुने यस्ता व्यवहारको निन्दा गर्दै आफूले यस्ता गल्ती नदोहोर्याउने अनि सबै महिलाहरुलाई सम्मान गर्ने वाचा गर्दै मेरो कारण दुख परेकाहरुलाई शान्ती मिलोस् भन्ने कामना गर्दछु।’
आरोपपछि खतिवडालाई उनीआबद्ध मन्डला थिएटरले निलम्बन गरेको थियो।