मजदुरको पसिना र रगतकाेले जम्मा गरेको राष्ट्रिय ढुकुटीको दुरुपयोग भयो: कांग्रेस नेतृ भुषाल

मजदुरको पसिना र रगतकाेले जम्मा गरेको राष्ट्रिय ढुकुटीको दुरुपयोग भयो: कांग्रेस नेतृ भुषाल
+
-

धनगढी – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले वर्तमान सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको बताएकी छन् ।

१३० औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन कांग्रेस प्रदेश समितिले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरेको श्रमिक सभामा नेतृ भुषालले भनिन्–‘दुई तिहाईको वर्तमान सरकार श्रमिक प्रति गम्भीर छैन, श्रमिकलाई सम्मान पनि गर्दैन ।’

‘स्वदेशमा होस् या विदेशमा होस् पसिना र रगत बगाएर नेपाली श्रमिकले पैसा कमाई रहेका छन्’ नेतृ भुषालले भनिन्–‘श्रमिकले दुख गरेर राष्ट्रिय ढुकुटीमा जम्मा भएको पैशा वर्तमान सरकार आफ्ना कार्यकर्ता खुशी पार्नमा खर्च गरिरहेको छ ।’

यो सरकारले ठूलालाई चैन र सानालाई ऐन गरिरहेको बताउँदै भुषालले वर्तमान सरकारले दुई तिहाई मतको अपमान गरेको उल्लेख गरिन ।

नेतृ भुषालले नेपाली कांग्रेसले मात्र श्रमिकको सम्मान र उनीहरुको भावना बुझ्न सक्ने बताउँदै वर्तमान सरकारका गलत गतिबिधिका विरुद्ध कांग्रेसले देश ब्यापी अभियान शुरु गर्न लागेको र त्यसमा साथ दिन मजदुरलाई आग्रह गरिन् ।

श्रमिक दिवसका अवसरमा धनगढीमा निकालिएको र्‍याली। तस्बिरः हिमाल जोशी/ देश सञ्चार

कार्यक्रममा मजदुर नेता सिताराम अवस्थीले मजदुरका अझै धेरै समस्या रहेका बताए । उनले वर्तमान सरकार मजदुरका समस्या समाधान गर्न गम्भीर नरहेको बताए ।

सभा अघि धनगढीको चौराहबाट प्लेकार्डसहितको मजदुरको  र्‍याली बजार परिक्रमा गरि पार्कमोडमा सभामा परिणत भएको थियो ।

सभामा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभाकी प्रदेश सदस्य दिब्यश्वरी शाह, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष शिद्धराज भट्टले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?