शिक्षामा प्रविधिको प्रयोग

कास्कीको विश्‍वशान्ति मावि बन्यो ‘नमूना स्मार्ट स्कुल’

कास्कीको विश्‍वशान्ति मावि बन्यो ‘नमूना स्मार्ट स्कुल’
+
-

पोखरा-कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा रहेको विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय (नमूना स्मार्ट स्कुल)को रुपमा विकास गरिएको छ।

सूचना प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रभावकारी बनाउने हेतुले विद्यालयलाई सरकारको योजना अनुसारको नमूना स्मार्ट स्कुलको अवधारणामा रुपान्तरण गरिएको हो।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर विश्वशान्ति माविलाई ‘नमूना स्मार्ट स्कुल’ घोषणा गरिएको छ।

काठमाडौं कमलपोखरी स्थित आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको माध्यमले स्मार्ट स्कुलको उद्घाटन गरेका हुन्।
स्कुलमा प्रोजेक्टरको सहायताले अडियो तथा भिडियो माध्यमबाट पठनपाठन गराइने प्रध्यानाध्यापक वसन्त पहारीले जानकारी दिए।

स्मार्ट स्कुलका लागि ६० थान कम्प्युटर, स्मार्ट बोर्ड, सबै कक्षाकोठामा सिसि क्यामेरा तथा टिभी, प्रोजेक्टर लगायतका प्राविधिक उपकरण जडान गरिएको छ ।

‘आवश्यक विद्युतिय एवं अन्य उपकरण विद्यालयलाई प्राप्त भइसकेको छ,’ प्रध्यानाध्यापक पहारीले भने, ‘प्रोजेक्टरको सहायताले विद्यार्थीलाई पठनपाठन गराइने छ ।’ कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई १४ वटा प्रविधि जडित स्मार्ट कक्षमा राखेर अध्यापन गराइने छ।

गण्डकी प्रदेश ४ हजार ५ सय विद्यालयमध्येबाट रुपाको विश्वशान्ति माविलाई स्मार्ट स्कुलको लागि छनोट गरिएको हो। स्मार्ट विद्यालय छनोट प्रक्रियाको क्रममा विश्वशान्ति माविले विभिन्न आधार मापदण्ड पूरा गरेको थियो।

दोस्रो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अनलाइनबाट डिजिटल नेपालको उद्‌घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर-प्रधानमन्त्रीको नीजी सचिवालय

विद्यालयको भौतिक व्यवस्थापन, आर्थिक स्थिती, जनशक्ति, सरसफाई लगायत आधार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले माग गरेको प्रस्तावमा प्रस्तुत गरिएको थियो।

सातै वटा प्रदेशमा एक प्रदेश, कम्तिमा एक स्मार्ट विद्यालय स्थापना कार्यक्रम लक्ष्य सरकारले घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत सरकारले नेपाल टेलिकमसँग साझेदारी गरेको छ।

विश्वशान्ति मावि विसं २०२२ सालमा स्थापना भएको हो। २०६३ सालयता कास्कीमै पहिलो ऐच्छिक कम्प्युटर विषय पढाउँदै आएको थियो ।
त्यससमयदेखि नै विद्यालयमा २५ वटा कम्प्युटरको ल्याब सञ्चालन हुँदै आएको छ।

विषयको पूर्व जानकारी र त्यससम्बन्धी जनशक्तिभएकाले पनि स्मार्ट स्कुल अनुसारको अवधारणा कार्यान्वयनमा समस्या नआउने विद्यालयका प्रध्यानाध्यापक पहारीले जानकारी दिए।

सरकारी विद्यालयमा विद्यार्थीको चाख घटिरहेका बेला स्मार्ट स्कुल कार्यक्रमले विद्यालयको आकर्षण बढाउने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनाए ।

समयअनुसारको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको भौतिक सुधारको लागि भन्दै विश्वशान्ती माविले वैशाख ५ देखि १३ गतेसम्म ज्ञानमहायज्ञ सञ्चालन गरेको थियो।

महायज्ञबाट विद्यालयलाई ९६ लाख ५० हजार संकलन भएको प्रध्यानाध्यापक पहारीले जानकारी दिए। ग्रामिण भेगका विद्यार्थीलाई समेट्न सहयोग पुग्ने हुँदा सवारी साधनको खरिद, प्राविधिक शिक्षा व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, पुस्तकालय स्थापना र विज्ञान प्रयोगशाला व्यवस्थापन गरिने पहारीले बताए।

विद्यालयमा गतवर्षदेखि डिप्लोमा तहको सिभिल इन्जिनियरिङ विषयको पढाई हुँदै आएको छ। विद्यालयमा ३ सय बढी विद्यार्थी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?