‘आत्महत्या’ भनिएको महिलाको हत्या भएको माइती पक्षको आरोप

‘आत्महत्या’ भनिएको महिलाको हत्या भएको माइती पक्षको आरोप
+
-

धनगढी-बिहीबार दिउँसो आत्महत्या गरेको भनिएकी रुक्सार कुरैसीका माइती पक्षले परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप लगाएका छन्।

कैलालीको गोदावरी नगरपालिकाकाे अत्तरियास्थित डेरामा आफ्नै सलको पासो बनाएर रुक्सारले आत्महत्या गरेको उनका परिवारका सदस्यहरुले बताएका छन्। रुक्सारका श्रीमान् साहिब आलमले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएको माइती पक्षको भनाई छ।

रुक्सारको आत्महत्याको खबर पाउनु भन्दा १५ मिनेट पहिले आफूले छोरीसँग टेलिफोनमा कुरा गरेको र छोरीले परिवारका सदस्यहरुले दाइजो मागिरहेको बताएको रुक्सारका बुवा इस्लाम अहमद कुरैसीले बताए। छोरीले सासु, नन्द र देवरले मोटरसाइकल र तीन लाख रुपैयाँ नगद दाइजोको माग गरेको आफूलाई बताएको उनले जानकारी दिए।

रुकसारका बुवा इस्लाम अहमदका अनुसार छोरीले टेलिफोनमा मागेको दाइजो दिन नसकिने हो भने आफूलाई माइती लैजान भनेकी थिइन्। उनले छोरीलाई शुक्रबार आएर कुरा गर्ने र समाधान ननिस्के माइती लिएर जाने भनेको पनि बताए। तर छोरीले आफूसित कुरा गरेको १५ मिनेटमै छोरीकी नन्द रानी कुरैसी खतिजाले आफूलाई फोन गरेर तिम्री छोरीले फाँसी लगायो भनेको उनले बताए। उनले परिवारका सदस्यहरु मिलेर छोरीको हत्या गरेको र त्यसलाई आत्महत्या बनाउन लागिरहेको बताए।

मृतक रुक्सारको शव अहिले पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। मृतकका माइती पक्षले घटनाको अनुसन्धान नहुँदासम्म शव अस्पतालबाट उठाउन नदिने बताएका छन्। नौं महिनाअघि मात्रै साहिब संग विवाह गरेकी रुक्सारको माइतीघर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर हो।

उनका श्रीमान् साहिब आलम र उनको परिवारको घर नेपालगञ्जसँग सीमा जोडिएको भारतीय सहर नानपारा हो। उनीहरु आजभोली अत्तरियामा डेरा गरेर राँगा भैसी खरीद बिक्रीको काम गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?