हुम्लामा छक्कले छक्कै पारे

हुम्लामा छक्कले छक्कै पारे
+
-

हुम्ला- हुम्लामा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका माओवादीका बागी उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले विजय हासिल गरेका छन्।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका लामाले आफ्नै छोरीज्वाँइ छिमी लामालाई उम्मेदवार बनाइएपछि बागी उम्मेदवारी दिएका हुन्। सुरूमा हुम्ला माओवादी केन्द्रको जिल्ला समितिले छक्कलाई उम्मेदवारको रूपमा सिफारिस गरेको थियो।

छिमीले केन्द्रमा गएर आफ्नो नाममा टिकट लिएर आएपछि छक्कले बागी उम्मेदवारी दिएका हुन्।

छक्ककी छोरीको युद्धको क्रममै मृत्यु भएको थियो। हुम्लाको स्थानीय राजनीतिका जानकार छक्क र छिमीबीच पहिलेदेखि नै चुनावी द्वन्द्व भएको बताउँछन्। छक्कले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले जितेका हुन्।

छक्कले आठ हजार चार सय ९१ मत प्राप्त गरेका छन् भने शाहीले आठ हजार चार सय ४४ मत प्राप्त गरेका छन्। छिमीले भने दुई हजार एक सय १८ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?