प्रदेश ७ को पहिलो बैठक सम्पन्न: मोष्ट वान्टेड रेसमलाई प्रमाणपत्र दिन माग

प्रदेश ७ को पहिलो बैठक सम्पन्न: मोष्ट वान्टेड रेसमलाई प्रमाणपत्र दिन माग
+
-

धनगढी- प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ।

राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले बैठकमा बोल्दै रेशमलाई प्रमाणपत्र दिन माग गरेकी हुन्।

रेशमलाई टिकापुर घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेड सुचिमा राखेको छ ।

‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कर्फ्युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन्।

उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन्।

‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ प्रदेश सभाको बैठकमा रानाले भनिन्।

प्रदेश सभाको पहिलो बैठकमा कांग्रेसका भरत खड्का, माओवादीका त्रिलोचन भट्ट र एमालेका प्रकास शाहले बोलेका छन्।

उनिहरु सबैले प्रदेश नम्बर ७ को विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने भनाई राखेका थिए।

प्रदेश ७ को प्रदेश सभाको बैठक आगामी माघ २९ गते सोमवार सम्मका लागि स्थगीत भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?