लेखनाथ र पोखरा जोड्ने डहरे साँघुमा पक्की पुल, वर्ष दिनमै सक्ने लक्ष्य

लेखनाथ र पोखरा जोड्ने डहरे साँघुमा पक्की पुल, वर्ष दिनमै सक्ने लक्ष्य
+
-

पोखरा-पोखरा महानगरपालिका वडा १४ र २६ जोड्ने डहरे साँघुमा पक्की मोटरेबल पुल बन्‍ने भएको छ।

गण्डकी प्रदेश सरकारको १ करोड २० लाख ६६ हजार लागतमा उक्त पुल निर्माण हुने भएको हो। पुलको निर्माण थालनीका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार शिलान्यास गरेका छन्।

२५ मिटर लम्बाई र ८.४ मिटर चौडाईमा दुवै तर्फ फुट ट्रयाक सहितको आरसिसि पुल निर्माण हुने भएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

पूर्वाधार विकास कार्यालय पोखराले टेन्डर आह्वान गरेको पुल आयोजनाको ठेक्का जिएसआर निर्माण सेवा÷स्मार्ट सिभिल कन्स्ट्रक्सन जेभीले पारेको हो । वैशाख १० गते आयोजनाको सम्झौता भई निर्माण प्रक्रिया अघि बढिसकेको छ।

पुल २०७७ वैशाख १० गते बनिसकेर हस्तान्तरण गर्ने सम्झौता छ। साविकको लेखनाथ नगरपालिका र पोखरा जोड्ने महत्वपूर्ण डहरे साँघु पुरानो एक मात्र विकल्पको रुपमा थियो।

विजयपुर र चाउँथे हुँदै जोड्ने ठाउँमा नयाँ स्टिल ब्रिज बनेपछि भने यसको प्रयोग केही कम भएको महसुस गरियो। तर विजयपुरको उक्त स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जिर्ण बनेपछि यसको महत्व झनै बढ्यो र प्रदेशले पुल निर्माणको योजना अघि सारेको हो।

संघीय सरकारलाई अनुरोध गर्दागर्दै थाकेका जनताको एकपटकको आग्रहमै गण्डकी प्रदेश सरकारले गुनासो सम्बोधन गरी पुल निर्माण गर्न लागेको मुख्यमन्त्री गुरुङले सुनाए।

‘संघीयताको सुगम पक्ष नै यहि हो,’ उनले भने, ‘घर छेउ, आँगनका समस्या सुन्न र समाधान गर्न कै लागि हामी छौं, सानोतिनो गर्जो टार्न स्थानीय तह जुटिरहेको छ।’

पोखरा जोड्ने यस्तै पुल अन्य ठाउँमा समेत सम्भाव्यता अध्ययन गरी आगामी दिनमा चत्रपथलाई समेत सघाउने हुने किसिमका आयोजना प्रदेश सरकारको योजनामा रहेको उनले जानकारी दिए।

‘१०÷१२ करोड लागतका आयोजना छन् भने हामीकहाँ प्रस्ताव लिएर आउनुस् हामी सम्बोधन गर्छौ, त्यसभन्दा बढी लागतका छन् भने संघीय सरकार छँदै छ। केही सीप नलागे समपुरक बजेटबाट ६० र ४० संघ र प्रदेशले व्योहोर्ने गरी पुल पुलेसा, बाटोघाटोको काम अघि बढाउँछौ,’ उनले थपे।

पोखराका वडादेखि वडा जोड्ने, महानगरलाई व्यवस्थित र विस्तृत गराउन प्रदेशकै राजधानी भएका कारण पनि अपरिहार्य भइसकेको उनले सुनाए।केही वर्ष भित्रमा नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने भएकाले यहाँ मानिसहरुको आवादी र चापलाई ध्यान दिँदै प्राथमिकता आयोजनामा ध्यान दिइरहेको उनले सुनाए।

शिलान्यास कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पुल आयोजनाको काममा अवरोध कहिकतैबाट सह्य नहुने बताए। ‘पुल माग गनुभयो पूरा गर्यौ । अब बाटो सुधार गर्नु पर्‍यो भन्ने अर्को माग छ त्यो पनि सुनुवाई हुन्छ। तर बाटो १० मिटर क्लियर गर्नुस् प्रदेश सरकारले बजेट खनाएर सलल गाडी कुद्ने बनाउँछ,’ उनले स्थानीयलाई आग्रह गर्दै भने।

आयोजनाको काम सक्न स्थानीयको पनि उत्तिकै भूमिका हुने हुँदा निर्माण व्यवसायीलाई गाली मात्रै होइन उत्साह बढाएर काम लिन उनले सुझाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?