बार्सिलोना हारबाट जोगियो, बनायो कीर्तिमान

बार्सिलोना हारबाट जोगियो, बनायो कीर्तिमान
+
-

स्पेनिस ला लिगा फुबटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना अन्तिम समयमा गोल गर्न सफल हुँदै हारबाट जोगिएको छ र उसले कीर्तिमान पनि बनाएको छ ।

अवे मैदानमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–१ को बराबरीमा रोकिएको हो । यो बराबरीसँग बार्सिलोनाले लिगका २२ खेलमा अपराजित रहँदै सुरुका २२ खेलमा नहार्ने क्लब कीर्तिमान बनाएको छ ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफमा गोल भयो । ६६ औँ मिनेटमा जेरार्ड मोरेनोको गोलबाट घरेलु टोली स्पानियोलले अग्रता लियो ।

पछि परको बार्सिलोनाका लागि ८२ औँ मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । यो सिजन पहिलो पटक स्टार स्ट्राइकर लियोनल मेस्सी खेलको सुरुदेखि नै मैदानमा थिएनन् । उनी सबस्टिच्युडको रुपमा पछि मात्रै मैदान आएका थिए ।

मेस्सीको फ्रि–किकमा पिकेले गोल गरेका हुन् । यो गोलले बार्सिलोनाले सन् २००९–१० को सिजनमा पेप गार्डिवलाको प्रशिक्षणमा लिगका सुरुका २१ खेलमा अपराजित रहँदै बनाएको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनेको हो ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक भएको छ । राति नै भएको खेलमा भ्यालेन्सियालाई १–० ले हराएको एथ्लेटिको मड्रिड २२ खेलबाट ४९ अंकसहित दोस्रो स्थानमा छ । एथ्लेटिकोको जितमा एन्जल कोरियाले गरेको गोल नै निर्णायक बन्यो ।

अरु खेलमा जिरोनाले एथ्लेटिको बिल्बाओलाई २–० ले हरायो भने गेटाफे र लेगानेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?