इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिको चेतावनी

‘विद्य‌ुत प्राधिकरणले पाँच गुणा मूल्‍य बढायो, इन्टरनेट र टिभी सेवा बन्द गर्छौँ’

‘विद्य‌ुत प्राधिकरणले पाँच गुणा मूल्‍य बढायो, इन्टरनेट र टिभी सेवा बन्द गर्छौँ’
+
-

काठमाडौं-इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले इन्टरनेट तथा टिभी सेवा बन्द गरेर कालो दिन घोषणा गर्ने चेतावनी दिएका छन्।

नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको मुल्य वृद्धि गरेकोमा आपति जनाउँदै समितिले इन्टरनेट तथा टिभी सेवा बन्द गर्ने चेतावनी दिएको हो।

शुक्रबार ललितपुर सानेपास्थित आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले भने, ‘हामीले ९० करोड कमाई गर्दै आएका छौं। प्राधिकरणलाई मात्र ७५ करोड बुझउँदा हामी कसरी चल्न सक्छौं? त्यसैले हामी इन्टरनेट र केबल टिभी बन्द गर्ने बाध्य हुन्छौं।’

उनल नेपाल विधुत प्राधिकारणले तोकेको नयाँ मुल्य अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङगो हुन जाने बताए।विद्युत प्राधिकरणले नयाँ पोल भाडा मुल्य अनुसार भुक्तानी नगरेमा तारहरु काटिदिने पत्राचार गरेपछि व्यवसायीहरु आक्रोसित भएको उनले बताए।

तार काटेपछि इन्टरनेटबाट सञ्चालन हुने बैंक, एटीएम, एयरलाइन्सहरु, बिमानस्थल लगायतका सेवाहरु सञ्चार माध्यमहरु र मोबाइल टावरका समेत सेवाहरु अवरुद्ध हुने अध्यक्ष सुवेदीले बताए।

त्यस्तै इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भटट्ले यस विषयमा आफूहरु वार्तामा बस्‍न तयार भए पनि हामीलाई बेवास्ता गरिएको बताए। उनले भने ‘राज्यले पाँच सय मुल्य वृद्धि गर्दा कालो धन हुन्छ की हुदैन? सरकार अधिनायकवाद भयो। सरकाले डिजिटल नेपाल भन्ने र सरकारलाई सास्ती दिने काम गरिरहेको छ।’

२०७५ साउन १ गतेदेखि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज लगाएको छ। यस विषयमा पनि व्यवसायिहरुले आपति जनाउँदै विदेशी च्यानलहरु क्लिन फिड हुनु पर्ने प्रावधानले समेत समस्यामा परेको संघका अध्यक्ष भट्टले बताए।

त्यस्तै अहिले जुन पोलको भाडा पिजीडब्लू तारको भाडा पाँच सयदेखि २१ सय प्रतिशतसम्म वृद्धि गरिरहेको छ। यो दुईतर्फी कुरा नगरी एकलौटी रुपमा विद्युत प्राधिकरणले एक्कासी वृद्धि गरेको हो। यसबाट उपोभोत्तालाई ठूलो असर पर्ने इन्टरनेट र टिभी सेवा प्रदायक समन्वय समितिका पुर्वअध्यक्ष विनय बोहराले बताए।

उनले भने ‘हामी उर्जा मन्त्रालय गयौ, सञ्चार मन्त्रालय लगायत विभिन्‍न सरोकारवाला निकायमा गायौ तर समस्याको सामाधान गर्ने आस्वासन मात्र दिइयो तर काम भएन। सञ्चार मन्त्रालयमा सम्झौता पनि गरेका थियौ मन्त्री स्तरीय कुरा पनि गयौ र उनीहरुले भने उपभोक्तालाई मार पर्ने किसिमले मुल्य वृद्धि हुदैन। तर त्यसका बाबजुद पनि उनीहरुले मुल्य वृद्धि गरे।’

यो पनि पढ्नुहोस्

विद्य‌ुत प्राधिकरणले पाँच गुणा भाउ बढाएपछि इन्टरनेटको मूल्‍य चर्को तिर्नुपर्ने अवस्था

विद्य‌ुत प्राधिकरणले पाँच गुणा भाउ बढाएपछि इन्टरनेटको मूल्‍य चर्को तिर्नुपर्ने अवस्था

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?