मोरङ-जिल्ला समन्वय समिति मोरङले प्रदेश सभा बैठकको लागि भवनको तल्लो तल्ला अर्थात भुइतल्ला कामचलाउका रुपमा मात्र उपलब्ध गराएको जनाएकोछ।
आइतबार समितिले पत्रकार सम्मेलन गरि, समन्वय समितिको काम कार्वाहीमा कुनैप्रभाव नहुनेगरि प्रदेश सभाका लागि तीन तल्लामध्ये सवैभन्दा तलको भूइको तल्ला उपलब्ध गराएको जनाएको हो।
जिसस मोरङ प्रमुख नरेश पोखरेलले संसद भवनको अर्को वैकल्पिक व्यवस्था नहुन्जेलसम्म बैठक तथा कामकार्वाहीका लागि समितिले स्थान दिएको जनाए। ‘समितिको काम कार्वाही प्रभावित नहुनेगरी भोलिका दिनमा यही दुवै पक्षको काम हुनेछ’ पत्रकार सम्मेलनका क्रममा पोखरेलले भने।
उनले स्पस्ट पार्दै भने ‘यो त जनताको प्रत्यक्ष सरोकार राख्ने स्थान हो। उहाहरुले केही समयपछि आफ्नो भवन बनाए।’ यस भवनमा संसद चल्ने भएपछि, समितिको काम कार्वाही प्रभावित हुन्छ भन्ने अन्यौल चिर्ने क्रममा पोखरेलले भने, संसद बैठकले समितिको कर्मचारी, सेवाग्राहीलाई कुनै असर पर्ने छैन।
सो क्रममा समिति प्रमुख पोखरेलले जनताको काम कार्वाहीमा यसैकारण कुनै बाधा व्यावधान नहुने जानकारी दिए। बैठक हुनेनक्रममा समितिका कर्मचारी तथा सेवाग्राहीलाई सुरक्षा निकायले जाच गर्न सक्नेछ। यसका लागि छुटै ब्यवस्था मिलाइएको प्रमुख पोखरेलको भनाइ छ।
पत्रकार सम्मेलनका क्रममा पोखरेलले प्रदेश सभा बैठकका लागि सभाहल उपलब्ध गराउन पत्राचार भएअनुसार, समितिको काम कार्वाही र दस्तावेजमा कुनै असर नपर्ने गरी प्रदेश सभा बैठक सञ्चालनका लागि भवन दिएको जानकारी दिए।
प्रदेश नम्बर एकको पहिलो बैठक सोमबार दिउसो १ बजे बस्नेछ।। यसका लागि सवै तयारीलाई अन्तिम रुप दिइदैछ। सुरक्षा अवस्था पनि सोही अनुसार राखिएको छ।