काठमान्डाै- ललितपुरको ग्वार्कोमा साेमबार राती भएकाे माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ।
पौने ११ बजे बा २९ प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार, भोजपुर सेताङ घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २९ बर्षीय गणेश तिवारीको मृत्यु भएको हाे।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा वि.एण्ड.वि अस्पतालमा रातिनै मृत्यु भएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । टाउकोमा चोट लागी घाइते भएका चालक, ओखलढुंगा सिंहदेवीका ३३ बर्षीय प्रेम बहादुर कार्कीको सोही अस्पतालमै उपचार भैरहेको छ ।
चालकले मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सम्बन्धित समाचारहरु