
आफ्ना प्रयोगकर्ताको जानकारी गैरकानूनी रुपमा आफ्नो मुनाफाका लागि प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले दक्षिण कोरियाली एक कम्पनीविरुद्ध उजुरु गरेको छ ।
दक्षिण कोरियाली कम्पनी र्याङ्कवेभ नामक कम्पनीले आफ्नो मार्केटिङ्ग तथा विज्ञापनका प्राप्तिका लागि अवैध रुपमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्रयोग गरेको आरोप छ । उसमाथि फेसबुक प्रयोकर्ताको जानकारी अवैध रुपमा लिएर बेचेको आरोप छ ।
फेसबुकले सो कम्पनीको गतिविधि अनुगमन गर्न र सम्भावित अपराधबारे स्पष्ट हुनका लागि अनुसन्धान गर्न माग गर्दै अदालतमा उजुरी दिएको हो ।
सो कम्पनीले कति प्रयोगकर्ताको जानकारी अवैध रुपमा लिएको छ भन्ने बारे फेसबुकले नबताएको बिबिसीले उल्लेख गरेको छ । फेसबुकले पछिल्लो समय आफ्ना प्रयोगकर्ताको जानकारी सुरक्षित गर्नका लागि कडा नीति अख्तियार गर्दै आएको छ ।