
एजेन्सी-सामाजिक सञ्जाल फेसबुकले भिडियो लाइभ फिचरको नियम उल्लंघन गर्नेलाई अंकुश लगाउने भएको छ।
फ्रान्सको पेरिसमा अनलाईन एक्ट्रिमिजम् समिट हुन लागेकै बेला पारेर फेसबुकले कडा नियम लागू गरेको हो।
न्यूजिल्याण्डको क्राइस्टर्चमा गएको एक ह्वाइट सुप्रिमिस्ट (गोरा अतिवादका पक्षपाति) ले फेसबुक लाइभ गरेर आक्रमण गरेका थिए।
मस्जिदमा भएको सो आक्रमणमा ५१ जनाको ज्यान गएको थियो।
फेसबुक लाइभको नियम उल्लंघन गर्नेमाथि तत्काल प्रतिबन्ध लगाउने एक मात्रै नीति रहेको सामाजिक सञ्जाल जाइन्ट फेसबुकले जनाएको छ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले फेसबुकले ल्याएको नयाँ नियम राम्रो सुरुवाति पाइला रहेको बताएकी छन्।