
धनगढी-डोटीस्थित सेती नदीमा नुहाउने क्रममा शुक्रबार एक जना शिक्षक बगेर वेपत्ता भएका छन्।
नदीमा नुहाउने क्रममा के.आई.सिंह गाउँपालिका ५ का ३९ बर्षीय योग बहादुर रावल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार शिखर नगरपालिका २ मा पर्ने सालमुनीमा पूजा गर्न गएका उनी शुक्रबार दिउँसो नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन।
डोटीकै रानागाउँ स्थित सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषयका शिक्षक रहेका रावलको खोजीकार्य भईरहेको प्रहरी उपरिक्षक माझीले जानकारी दिए।