फागुनको दोस्रो हप्ता केपी ओली प्रधानमन्त्री!

फागुनको दोस्रो हप्ता केपी ओली प्रधानमन्त्री!
+
-

काठमाडौं- निर्वाचन आयोगले फागुनको पहिलो हप्ताभित्र प्रतिनिधिसभाको सम्पूर्ण परिणाम सार्वजनिक गर्ने जनाएको छ।

बुधबार हुने राष्ट्रियसभा चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले फागुनको पहिलो हप्ताभित्र राष्ट्रपति समक्ष परिणाम बुझाइसक्ने बताएका हुन्।

राष्ट्रियसभा चुनावका कारण प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक नहुँदा नयाँ सरकार गठनको प्रक्रिया रोकिँदै आएको छ।

आयोगले परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। सरकार गठनका लागि तयारी अवस्थामा रहेको वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीलाई फागुनको दोस्रो हप्ता प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई बाटो खुल्नेछ।

आयोगले बुधबार हुने राष्ट्रियसभा चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार सातवटै प्रदेशमा बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ। मतदान सकिएलगत्तै मतगणना सार्वजनिक सुरु हुने र बिहीबारसम्म परिणाम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।

राष्ट्रियसभाको परिणाम आए लगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम पनि सार्वजनिक गर्ने र दलहरुलाई तीन दिनभित्र निर्वाचित सदस्यको नाम पठाउन समय दिने आयोगले जनाएको छ।

प्रमुख आयुक्त यादवले भने, ‘राष्ट्रियसभा चुनावको परिणाम आए लगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम बुझाउन तीन दिनको समय दिन्छौं। त्यसलाई सच्याउन अर्को दुई दिनको समय उपलब्ध गराइनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?