सुदूरपश्चिम प्रदेश सभामा वितरणमुखी बजेट रोक्न सासंदहरुको सुझाव

सुदूरपश्चिम प्रदेश सभामा वितरणमुखी बजेट रोक्न सासंदहरुको सुझाव
+
-

धनगढी- सुदूरपश्चिम प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सासंदहरुले आगामी आर्थिक बर्षको बजेटमा वितरणमुखी योजनाहरु नराख्न सरकारलाई सुझाव दिएका छन्।

उनीहरुले प्रदेशको विकासका लागि प्रदेशको आर्थिक अवस्थाको अध्ययन गरी त्यसैका आधारमा बजेट बनाउनुपर्ने बताए।प्रदेश सभामा भइरहेको पूर्व बजेट छलफलमा भाग लिँदै मंगलबार सत्तापक्ष नेकपामा प्रदेश सदस्य मान बहादुर धामीले प्रदेशमा आर्थिक सम्बृद्धि हासिल गर्न, सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई साकार पार्न परिणाममुखी योजनामा बजेट बिनियोजन हुनुपर्ने बताए।

उनले बितरणमुखी बजेटले आर्थिक सम्बृद्धिको बाटो छेक्ने हुनाले ठोस योजनाहरुमा बजेट बिनियोजन हुनु आवश्यक रहेको उल्लेख गरे। नेकपाकै प्रदेश सदस्य नेपालु चौधरीले सरकारले बजेटका प्राथमिकता सार्वजनिक गर्दा धेरै बिषय छुटाएकोले बजेट बनाउँदा ती विषय समेटिनु पर्ने बताए।

सत्तापक्षकै प्रदेश सदस्य हर्क बहादुर कुँवरले प्रदेश सरकारले प्रदेशका जनतालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा स्पष्ट खाका ल्याउनुपर्ने बताए।उनले प्रदेश गौरवका आयोजनामा कस्तो आयोजनालाई राख्ने प्रष्ट हुनुपर्ने बताए।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सदस्य भरत बहादुर खड्काले प्रदेशको आर्थिक अवस्थाको अध्ययन गरेर मात्रै बजेट बन्नुपर्ने बताए।उनले सरकारका गतिबिधिहरुका कारण सत्तापक्षीय सांसदहरु समेत अफ्ठेरोमा परेको भन्दै सरकारको आलोचना गरे।

सरकारले गरिरहेको आर्थिक अनुशासन बिरुद्धका कामले सिंगो प्रदेश सभा प्रतिपक्ष बन्ने अवस्था आएको उनले बताए। पूर्व बजेट छलफलमा प्रतिपक्षी प्रदेश सदस्यहरुले चालू आर्थिक बर्षको बजेट खर्चको अवस्था निराशाजनक रहेकोले आगामी आर्थिक बर्षको बजेट समेत खर्च गर्न सक्ने हैसियत प्रदेश सरकारसंग नरहने बताए।

नेपाली कांग्रेसका प्रदेश सदस्य कुमारी नन्दा वमले जताजतै कमिसन मागेको कुरा सुनिन थालेकोले प्रदेशको नाम सुदूरपश्चिम भन्नु भन्दा पनि कमिशन प्रदेश भन्नुपर्ने अवस्था रहेको आरोप लगाइन्।

मंलबारको बजेट सम्बन्धि पूर्व छलफलमा नेकपाका प्रदेश सदस्य लालबहादुर खड्काले प्रदेश सरकारप्रति स्थानीय तहमा प्रश्न खडा भएको बताए । उनले कमिसनको चर्चा ब्यापक भइरहेकोले सरकारले ध्यान दिनुपर्ने बताए।

पूर्वबजेट छलफलमा नेकपाका प्रदेश सदस्य बल बहादुर सोडारी, देवकी मल्ल, चुन कुमारी चौधरी र प्रतिपक्षी नेपाली कांग्रेसका देवराज पाठकले पनि सुझाब राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?