एचआइभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा

एचआइभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा
+
-

पोखरा-विश्व सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पोखरा ७, रत्‍नचोक निवासी गोपाल श्रेष्ठले बुधबार बिहान ८:३० बजेको समयमा पाइला राखेका छन्।

५६ वर्षीय गोपाल २५ वर्षदेखि एचआइभी संक्रमित हुन्। काठमाडौं-लुक्ला-नाम्चे-पाङबोचे-बेसक्याम्प हुँदै उनी सहित ६ जनाको टोली बुधबार बिहान सगरमाथा पुगेको पर्यटन विभागका महानिर्देशन डण्डराज घिमिरेले जानकारी दिए।

ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि एजेन्सी मार्फत उनले गत चैत २४ गते आरोहणको अनुमति पाएका थिए। २००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेको गोपालको यो दोस्रोपटकको प्रयास थियो।

उनी यसअघि सन् २०१५ मा समेत सगरमाथा आरोहणका लागि प्रयास गरेका थिए। तर भूकम्पका कारण आधारशिविरबाटै उनी फर्किएका थिए। घाइते भई फर्किएका गोपालले आफ्ना सहयात्री ५ जनालाई भने गुमाउनु परेको थियो।

‘नेभर गिभ अप’ लक्ष्यबाट पछि हट्नु हुँदैन भन्‍ने गोपाल विश्वभरी रहेका एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने अभियानमा होमिएका हुन्।

उनलाई ‘स्टेप अप क्याम्पियन’ले साथ दिएको थियो। गोपालले नेपालका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका छन्। पहिलोपटक सगरमाथाको असफल आरोहपछि उनले सन् २०१६ मा दोलखा जिल्लामा अवस्थित ६ हजार ८ सय मिटर उचाईको ‘भर्जिन पिक’ सफल आरोहण गरेका थिए।

त्यसअघि पनि उनले सन् २०१३ अक्टोबर, मुस्ताङ र मनाङबिच पर्ने नाका थोराङला पास जुन ‘वल्र्ड हाई पास’ नामले परिचित छ। जसको उचाई ५ हजार ४ सय १७ मिटर छ।

सन् २०१४ फ्रेबुअरी १०, सोलुखुम्बुको ६ हजार १ सय ८० मिटर उचाईको ‘आइसल्याण्ड पिक’ समेत उनले आरोहण गरिसकेका छन्। केही संस्था वा सहयोगी व्यक्तिको साथमा सन् २०१९ मा पोखराबाटै पुनः स्टेप अप क्यापियन सेकेन्ड फेजले निरन्तरता पाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?