कारबाहीमा तालिवानको तालिमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

+
-

काबुल-अफगान राष्ट्रय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालिमकेन्द्र ध्वस्त पारिदिएको समाचार छ ।

त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिाबान लक्षित सो कारबाही गरेको हो ।

त्यसैगरी यस कारबाहीको क्रममा बारुदी सुरुङ्गलगायत कम्तीमा ३० वटा विस्फोटक पदार्थलाई निस्क्रिय बनाएको बताइएको छ ।

अफगान सुरक्षा अधिकारीहरुलाई तालिबान विरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन् ।

सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढेपछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिबानमाथि कारबाही सुरु गरेका छन् ।

यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको छ ।

यस कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पाणी गरेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?