सुदूरपश्चिम प्रदेश सभामा प्रि–बजेट छलफल सकियो, कार्यान्वयनमा जोड दिन आग्रह

सुदूरपश्चिम प्रदेश सभामा प्रि–बजेट छलफल सकियो, कार्यान्वयनमा जोड दिन आग्रह
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा जारी प्रि–बजेट छलफल सकिएको छ। शुक्रबार प्रदेश सभा सदस्यहरुले बोल्ने क्रम सकिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

मन्त्री बोहराले प्रदेश सभा सदस्यहरुले छुटेको भनेका बिषयहरु नीति तथा कार्यक्रम र बजेटमा आउने बताए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रावधान अनुसार प्रि–बजेट छलफलका लागि सिद्धान्त, उद्देश्य, प्राथमिकता र मुख्य नीतिहरु मात्रै राखिएकोले सबै बिषयमा यसमा अट्न नसकेको उल्लेख गरे।

चालू आर्थिक बर्षको बजेट खर्च हुन नसक्नुमा प्रदेश सरकार मातहतका संयन्त्रको अभाव, कर्मचारीको अभाव र ऐन कानुन बनाउनुपर्ने प्राथमिक दायित्वका कारण पूजीगत खर्च धेरै हुन नसकेको मन्त्री बोहराले बताए। उनले सातै प्रदेशको तुलना गर्दा सुदूरपश्चिम प्रदेश पूँजीगत खर्चको अवस्था हेर्दा दोस्रो नम्बरमा रहेको बताए।

योजना तर्जुमा गर्ने समय जेठ सात गते सम्म तोकिए पनि सबै सांसदहरुको योजना नपुगेको अवस्था रहेका कारण सात दिन म्याद थप गर्न मन्त्रालय तयार रहेको उनले बताए।

मन्त्री बोहराले जवाफ दिनु अघि प्रि–बजेट छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. रणबहादुर रावलले मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश पछाडि रहेका कारण त्यसलाई सुधार गर्ने योजना प्रदेश सरकारसित हुनुपर्ने बताए। उनले योजनाबद्ध विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले प्रि–बजेट छलफलका क्रममा ल्याएको दस्तावेज अनुरुप बजेट बनाउनुपर्ने बताए। उनले बजेट बन्नु भन्दा पनि त्यसको कार्यान्वयन महत्वपूर्ण हुने बताए।

शुक्रबारको प्रदेश सभा बैठकमा अल्पसंख्यंक समुदायको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य बनेकी उमादेवी वादीले आफ्नो समुदायको सवालमा सरकार उदासीन नबनेको आरेप लगाइन्। उनले आगामी आर्थिक वर्षको बजेटले दलित, महिला र वादी समुदायलाई छुन सक्नुपर्ने बताईन्।

शुक्रबारको छलफलमा पूर्व मन्त्री दीर्घ सोडारी, बलदेव रेग्मी, कुलबीर चौधरी र शान्ति नेपालीले पनि भाग लिएका थिए। प्रदेश सभाको अर्को बैठक आइतबार दिनको ३ बजे बस्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?