ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प
+
-

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण आएको सरकारी अधिकारीले बताएका छन् ।

नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ । आपतकालीन उद्धारकर्मीले एक सय ५० जना भन्दा बढीको उद्धार गरेका छन् ।

अहिले पनि भत्केका भवनमा फसेकाको खोजी तथा उद्धारको काम भइहरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा भूकम्पका कारण ठूलो क्षति भएको देखिएको छ ।

तटीय क्षेत्रमा रहेको एक होटलको भवनमा आंशिक क्षति पुगेको र त्यहाँ धेरै मानिस फसेको अनुमान छ । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?