अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली रकेट फाल्कन हेभी सफलतापूर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट नेपाली समय अनुसार बुधबार बिहान फाल्कोन हेभीको सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।
अमेरिकी व्यवसायी इलोन मस्कको कम्पनी स्पेस एक्सले यो रकेट प्रक्षेपण गरेको हो । फाल्कोन हेभीले अहिले विश्वमा रहेका वा प्रक्षेपण गरिएका मध्ये दोब्बर क्षमताको रकेट हो ।
फाल्कोन हेभीमा अरु भन्दा दोब्बर बढी भार बोक्ने क्षमता छ । फाल्कोन हेभीको पहिलो प्रक्षेपणमा सफलता मिल्ने अवस्था ५० प्रतिशत मात्रै रहेको अनुमान गरिएको भए पनि सफलतापूर्वक रकेटले पहिलो उडान भरेको स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत बताएका छन् ।
Audio: “We lost the center core” #FalconHeavy @SpaceX pic.twitter.com/OaJhMa7f2U
— Drew King (@King_Drew16) February 6, 2018
यो रकेटले ठूलो इमताका समानमा अन्तरिक्षमा लैजान सक्नेछ । यो रकेट मानिसलाई अन्तरिक्षमा लैजानका लागि तयार गरिएको स्पेस एक्सका प्रमुख इलोन मस्कले बताएका छन् ।
फाल्कोन हेभीमा स्पेस एक्सले बनाएको विशेष कार पनि राखिएको छ । त्यो कार अन्तरिक्षमै रहने छ ।