बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्‍नोभेशन मेला तथा कन्फ्रेन्स

बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्‍नोभेशन मेला तथा कन्फ्रेन्स
+
-

बुटवल-स्थानीय स्तरमा विकास, विस्तार र जनचेतनाका लागि नयाँ प्रविधिमा आधारित सफ्टवेयर, एप्लिकेशन, र प्रोजेक्ट्सहरुको प्रदर्शनी गरिएको छ।

‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ नाम दिएको उक्त मेलाको आयोजना लिभिङविथ आइसिटी म्‍यागेजिनले गरेको हो।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा ३० भन्दा बढी स्टलमा स्थानीय स्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन, र प्रोजेक्ट्सहरुको प्रदर्शनी गरिएको मेलाका आयोजक राजन लम्सालले दिए।

उनले भने, ‘स्टार्टअपका लागि चुनौती र अवसर, पछिल्ला प्रविधि र ट्रेन्ड विषयमा आइसिटी कन्फ्रेन्सको आयोजना गरेका छौ। हामीले यहीको स्थानीय स्तरमा विकास भएका सफ्टवेयर समेत प्रदर्शनीमा राखेका छौ।’

उनका अनुसार स्थानीयस्तरमा आइटीमा केही गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इन्नोभेसन र उद्यमशीलतालाई अगाडि बढाउने उद्धेश्यले प्रदेशस्तरीय मेला आयोजना गरिएको हो।

यस्तै प्रदेश-५ का अर्थ, उद्योग तथा पर्यटनमन्त्री दधिराम न्यौपानेले मेलाको उद्‌घाटन गरेका थिए भने एक हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए।

यसका साथै आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना हुने क्रममा आगामी जेठ १८ गते नारायढगढमा मेला आयोजना हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?