
काठमाडौं – राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान भइरहेको छ । ६ प्रदेशका तोकिएका मतदानस्थलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्य चयनका लागि मतदान गर्दै छन् । प्रदेश नम्बर २ का ८ वटै पदमा निर्विरोध भएकाले त्यहाँ बुधबार मतदान हुने छैन ।
नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । तर त्यसमध्ये प्रदेश नम्बर २ का ८ सहित समग्रमा २४ जना निर्विरोध भएकाले बुधबार ३२ पदका लागि ६ प्रदेशमा मतदान भइरहेको हो ।
कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भएकाले बुधबार ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर ५ को दाङमा मतदान भइरहेको छ । मतदानका लागि जिल्लाबाट आएका मतदाता लाइनमा बसेका छन् ।
तस्बिरमा प्रदेश नम्बर ४ को मतदान

तस्बिर : जमुना वर्षा शर्मा/देश सञ्चार
तस्बिरमा प्रदेश नम्बर ५ को मतदान

तस्बिर : दशरथ घिमिरे/देश सञ्चार
सम्बन्धित समाचार
३ नम्बर प्रदेशमा राष्ट्रियसभा मतदान (फोटो फिचर)