‘रोनाल्डो ओरालो लाग्दै, मेस्सी अर्कै विश्वबाट’

‘रोनाल्डो ओरालो लाग्दै, मेस्सी अर्कै विश्वबाट’
+
-

विश्व फूटबलमा लामो समयदेखि सर्वोत्कृष्ट खेलाडीको सूचिमा शीर्ष स्थानमा रहँदै आएको मानिएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अहिले शीर्ष स्थानमा नरहेको इंग्ल्याण्डका पूर्व फुटबलर ग्यारी लिनिकरले दाबी गरेका छन् ।

अहिले टेलिभिजनमा फुटबल सम्बन्धी कार्यक्रम ‘म्याच अफ दि डे’ को सञ्चालक रहेका लिनिकरले रोनाल्डो अहिले विश्वका उत्कृष्ट खेलाडीको सूचिमा चौथो स्थानमा रहेको बताएका हुन् । रोनाल्डो भन्दा अघि लियोनल मेस्सी, नेइमार र ह्यारी केन रहेको उनको भनाई छ ।

गएको सिजन गरेको उत्कृष्ट प्रदर्शनका कारण फिफा वर्ष खेलाडी र बालोन डी’ओर जितेका रोनाल्डोले यो सिजन ला लिगामा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

रियल मड्रिडयसले गर्दा उनी उत्कृष्ट खेलाडीको सूचिमा चौथो स्थानमा झरेको लिनिकरको भनाई छ । रियल मड्रिडका रोनाल्डोले यो सिजन ला लिगामा अहिलेसम्म १७ खेलमा ८ गोल गरेका छन् ।

मुण्डो डिप्रोटिभोसँगको अन्तर्वार्ताको क्रममा उनले भने ‘मलाई रोनाल्डो मन पर्छ, तर मेस्सी अर्कै विश्वबाट आएका हुन् ।’

ह्याट्रिक

यस्तै उनले अर्को प्रश्नमा भने ‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन्, नेइमार भविष्य हुन् ।’ह् ह्यारी केनसँग जोडिएको प्रश्नमा उनले भने ‘केन विश्व फुटबलका भविष्य हुन् ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?